ad ad

राजनीति


कोशीमा कांग्रेसका थापाद्वारा मुख्यमन्त्रीमा दाबी पेस, सभामुख पनि जोडेर ४७ पुर्‍याइयो

राप्रपालाई साथमा लिन सकेनन्
कोशीमा कांग्रेसका थापाद्वारा मुख्यमन्त्रीमा दाबी पेस, सभामुख पनि जोडेर ४७ पुर्‍याइयो

नेपालखबर
असार २१, २०८० बिहिबार १७:५, काठमाडौँ

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन्।

गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बिहीबार दाबी पेश गरेका हुन्।

थापाले सभामुख बाबुराम गौतमसहित ४७ जना सांसदको समर्थनमा दाबी पेश गरेका छन्। ९३ सदस्यीय कोशीमा सरकार निर्माणका लागि ४७ जनाकै समर्थन चाहिन्छ। 

थापाले कांग्रेसका २९, सभामुख गौतमसहित माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ४७ सांसदको हस्ताक्षरमा दाबी पेस गरेका हुन्।

प्रदेशमा एमालेका ४० र राप्रपाका ६ र जसपाका एक सांसद छन्। कोशीमा ४६ सांसद एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका छन्। 

एमालेको नेतृत्वको कोशी प्रदेशको सरकार ढलेपछि नयाँ सरकार गठनको ढोका खुलेको हो। 

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दाबढी दलका लागि ४ दिनको समय दिएर नयाँ सरकार गठनको आव्हान गरेका थिए।

प्रदेश प्रमुखले बिहीबार अपराह्न ५ बजेसम्म दाबी पेश गर्न समय दिएका थिए। 

यसअघि बिहीबार नै एमालेले सभामुखलाई गणना गरेर सरकारको दाबी गरे थापालाई मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको थियो। 

यसअघि गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फकाउने सक्दो कोसिस गरेको थियो। तर राप्रपाले यसअघिका चुनावमा पनि एमालेसँग सहकार्य गर्दै आएकाले सरकारकै लागि नयाँ गठबन्धनमा नमिसिने अडान लिएको छ।

यदि राप्रपाले साथ दिएको भए थापाको पक्षमा ५२ सांसद हुन्थे। अहिले कोशीमा राप्रपाका ६ सांसद छन्। राप्रपाको साथ नमिलेपछि थापाले सभामुखलाई समेत गनेर ४७ जना सांसदको समर्थनमा दाबी पेस गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .