ad ad

राजनीति


माओवादीको ४ दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु

माओवादीको ४ दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु

फाइल तस्वीर


नेपालखबर
चैत ७, २०७९ मंगलबार १६:४९, काठमाडौँ

नेकपा माओवादी केन्द्रले अर्थशास्त्र लगायतका विषयमा आफ्ना नेताहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिन सुरु गरेको छ।

७७ जिल्ला, प्रदेश, गैर–भौगौलिक जिल्ला र प्रदेश कमिटीबाट १५७ जनालाई तालिम दिन थालिएको हो। मंगलबार माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तालिमको उद्घाटन गरेका छन्। 

७ देखि ११ सम्म चल्ने तालिममा भोलिदेखि दर्शन अर्थशास्त्र, कार्यदिशा, विश्व अर्थव्यवस्था, विज्ञान, प्रविधि, महिला, जातीयता, समावेशितासँग सम्बन्धित विषय, योजना निर्माण र बजेट विनियोजन लगायतका विषयमा विज्ञबाट तालिम दिन लागिएको माओवादीले जनाएको छ। 

माओवादीले माघ २६ गतेदेखि चैतभर २ महिने संगठनात्मक सुदृढीकरण अभियान चलाइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .