राजनीति


प्रदेश १ बाट पाँच मन्त्री : तेस्रो प्रयासमा गच्छदार हराएकी भगवतीलाई पनि अवसर

प्रदेश १ बाट पाँच मन्त्री : तेस्रो प्रयासमा गच्छदार हराएकी भगवतीलाई पनि अवसर

प्रदेश १ बाट संघीय सरकारमा मन्त्री भएकाहरु। तस्बिर : नेपालखबर


नेपालखबर
माघ ३, २०७९ मंगलबार १६:२८, विराटनगर

प्रदेश १ बाट प्रतिनिधिसभामा निर्वाचित चारनाले मंगलबार संघीय सरकारमा मन्त्री हुन पाएका छन्। 

यसअघि धनकुटाबाट निर्वाचित राजेन्द्र राई विनाविभागीय मन्त्री बनेका थिए। यससँगै प्रदेश १ बाट संघीय सरकारमा पाँचजना मन्त्रीले जिम्मेवारी पाएका छन्। 

मंगलबार मन्त्रिपरिषद् विस्तार हुँदा नेकपा माओवादी केन्द्रबाट दुई र नेकपा एमालेबाट एक मन्त्री थपिएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा प्रदेशका १ तीन नयाँ अनुहारले अवसर पाएका हुन्। 

प्रधानमन्त्रीकै पार्टी नेकपा माओवादी केन्द्रबाट मोरङका अमनलाल मोदी र भोजपुरका सुदन किराँती मन्त्री बनेका छन्। 

त्यसैगरी एमालेबाट सुनसरी ३ की भगवती चौधरी नियुक्त भएकी छिन्। उनले तेस्रो प्रयासमा नेपाली कांग्रेसका नेता विजय गच्छदारलाई हराएकी हुन्। 

सत्तारुढ माओवादीबाट भोजपुरका किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोरङका अमनलाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन्।

यता एमालेबाट चौधरी महिला तथा बालबालिका मन्त्री बनेकी छन्। कांग्रेसका सदाबहार विजेता गच्छदारलाई उनले तेस्रो प्रयासमा हराएकी थिइन्। 

त्यसैगरी मोदी ०७० सालको संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिकतर्फबाट निर्वाचित भएका थिए। 

उनी ०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थिए। उनले मंसिर ४ को निर्वाचनमा एमालेका नेता विनोद ढकाललाई पराजित गरेका थिए।

किरातीले भोजपुरबाट चुनाव जितेका हुन्। उनले प्रदेश १ का पूर्वमूख्यमन्त्री शेरधन राईलाई हराएका थिए। किराती भोजपुरबाट तीन पटक सांसद बनिसकेका छन्।

उता झापा क्षेत्र नम्बर ३ बाट विजयी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि पहिलो पटक सरकारमा गएका छन्। 

उनी उपप्रधान तथा ऊर्जा मन्त्री बनेका छन्। उनले मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई पराजित गरेका थिए। 

यसअघि पुस ११ गते एमालेबाट निर्वाचित धनकुटाका राजेन्द्र राई विनाविभागीय मन्त्री बनेका थिए। यस्तोमा नयाँ मन्त्रीहरूले शपथ लिएपछि उनले पनि भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad