कारोबार


पौने चार अर्बको सेयर खरिदबिक्री

पौने चार अर्बको सेयर खरिदबिक्री

नेपालखबर
माघ ३, २०७९ मंगलबार १६:१६, काठमाडौँ

साताको पहिलो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३२ अंकले वृद्धि भएको छ। 

मंगलवार नेप्से परिसूचक ३२.७२ अंक बढेर २१८२.११ विन्दुमा पुगेको हो। 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४५ अंकले बढेको छ।

मंगलवार कारोबारमा आएका २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार कित्ता सेयर ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। 

आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ। गत बिहीवार करिव साढे ५ अर्बको कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये मंगलवार बैंकिङ उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक बढेको छ। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ५.१२ प्रतिशत,जलविद्युत उपसमूहको परिसूचक ५.०४ प्रतिशत, वित्त उपसमूहको परिसूचक यस दिन साढे ३ प्रतिशतभन्दा बढी बढेको छ। तर यता बैंक उपसमूहको परिसूचक भने ०.३२ प्रतिशत घटेको छ।

मंगलवार नेप्सेपरिसूचकमा वृद्धि भएसँगै ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा ग्रीन भेन्चर्स, आदर्श लघुवित्त, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज अपि पावर कम्पनीको २३ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad