राजनीति


प्रदेश १ मा तीनजना मन्त्री बन्दै, माओवादीले पठाएन

प्रदेश १ मा तीनजना मन्त्री बन्दै, माओवादीले पठाएन

नेपालखबर
पुस २५, २०७९ सोमबार १४:५२, विराटनगर

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिमण्डलमा तीनजनालाई नियुक्त गरेका छन्।

नेकपा माओवादी केन्द्रकोसमेत समर्थनमा मुख्यमन्त्री बनेका उनले तीनजना सांसदलाई सोमबार मन्त्री बनाएका हुन्। 

प्रदेश १ मा एमालेबाट तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्ति सिटौला र जनता समाजवादीबाट निर्मला लिम्बु मन्त्री बनेका हुन्। 

तर उता माओवादीले भने मुख्यमन्त्रीमा आलोपालो सहमति नभएसम्म सरकारमा नजाने निर्णय लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .