राजनीति


एमाले कालीकोटको अध्यक्षमा तुलाराज मल्ल विजयी

एमाले कालीकोटको अध्यक्षमा तुलाराज मल्ल विजयी

नेपालखबर
चैत २५, २०८० आइतबार ९:५१, सुर्खेत

नेकपा एमाले कालीकोटको अध्यक्षमा तुलाराज मल्ल विजयी भएका छन्। 

११औं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मल्ल अध्यक्षमा विजयी भएका हुन्। 

जिल्ला निर्वाचन कमिटीका अनुसार मल्लले २१८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी दयाराम सिंखडाले १८६ मत प्राप्त गरेका छन्। 

यस्तै, उपाध्यक्षमा मल्ल प्यालनका टेकबहादुर बुढाले २१० मत प्राप्त गरेर विजयी भएका छन्। उनका प्रतिस्पर्धी कमलकुमार १७२ मत प्राप्त गरेका छन्। 

सचिवमा पुष्पराज आचार्य २१२ मतका साथ विजयी भएका छन्। आचार्यले प्रतिस्पर्धी खडानन्द चौलागाईलाई ५४ मतले पराजीत गरेका हुन्। 

पराजीत चौलागाईंले १५८ मत पाएका छन्।

यस्तै, उपसचिवमा पबित्रकुमार शाहीले १६८ मत प्राप्त गरी विजयी भएका छन्। शाहीले प्रतिस्पर्धी लंकबहादुर बमलाई ७० मतले पराजीत गरेका छन्। बमले ९८ मत पाएका छन्। 

उपसचिवकै अर्का प्रतिस्पर्धी प्रेमबहादुर बुढाले ९२ मत प्राप्त गरेका छन्। 

यस्तै, उपसचिव महिलामा ताराकुमारी शाही २१२ मतका साथ विजयी भएकि छन्। उनकि प्रतिस्पर्धी सुभद्रा सिंहले १५७ मत पाएकि छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .