राजनीति


माओवादीभित्रै मुख्यमन्त्रीको पक्षमा कोही छैनन् : एमाले नेता कँडेल

माओवादीभित्रै मुख्यमन्त्रीको पक्षमा कोही छैनन् : एमाले नेता कँडेल

नेपालखबर
माघ १४, २०८० आइतबार १३:५९, सुर्खेत

नेकपा एमाले कर्णाली प्रदेशका प्रतिपक्ष दलका नेता यामलाल कँडेलले माओवादी पार्टीभित्रै मुख्यमन्त्रीको पक्षमा कोही नरहेको दाबी गरेका छन्।

आइतबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता कँडेलले माओवादीभित्रै मुख्यमन्त्रीको पक्षमा कोही नभएको बताएका हुन्। 

उनले भने, ‘माओवादी नेतृत्वको एक वर्षे कार्यकालको प्रगति विवरण पनि हेरियो। त्यसबाट माओवादीभित्रै मुख्यमन्त्री (राजकुमार शर्मा)को पक्षमा कोहि छैनन्। सरकारको कामप्रति त आम कर्णालीको आश नै मरेको देखिन्छ।’

नेता कँडेलले थपे, ‘कर्णाली प्रदेशमा राम्रो बनाउने कुरा हो। राम्रो बनाउनेतर्फ यदी अन्य कुनै दल एमालेसँग छफफलमा आएमा एमाले तयार रहेको छ।’

यस्तै, नेता कँडेलले हाल कर्णाली प्रदेशमा रहेको गठबन्धन दल माओवादी केन्द्रसँग नेपाली काँग्रेस रुष्ट भएको भए एमालेसँग छलफल गरेर अगाडि बढ्न सक्ने बाटो खुल्ला रहेको दाबी गरे। 

यसअघि नेपाली काँग्रेसले पनि सरकारले अपेक्षा अनुसारको काम नगरेको भन्दै मुख्यमन्त्री राजकुमार शर्मसँग मौखिक रूपमा सचिन सुझाव दिएको थियो। 

यस्तै, प्रदेशसभामा एमालेले सरकारलाई प्रतिपक्षी सिमा र दायरामा रहेर रचनात्मक सुझाव दिने काम भइरहेको उनले बताए। 

सरकारसँग एमालेले गरेका सहमति अनुसार सरकार अगाडि नबढेकाले त्यतातिर तत्काल ध्यानदिनु पर्ने एमालेको माग छ। 

‘सरकार व्यवहारमा निराशाजनक  तरिकाले अघि बढेको छ। नेतृत्व रहेकाहरु बनाउने भन्दा पनि बाँढ्ने कुरामा उद्दत छ। प्रतिपक्ष विषय उठान र जनसरोकारको विषयमा एमालेले आफ्नो भूमिका खेलिरहेको छ,’ उनले भने।

अहिलेको सरकार काम गर्ने नभएर समय बिताउने मात्रै अग्रसर देखिएको आरोप एमालेले लगाएको छ। 

यस्तै, शुक्रबार बसेको एमाले कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले गरेका निर्णयहरू समेत पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। 

जसमा जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पका कारण क्षति बेहोरेका पिडितहरुलाई हालसम्म पनि राहत, पुनस्थापना एवं क्षतिपूर्तिको काम प्रभावकारी बन्न नसकेकाले सरकारले देखिने गरी भुमिका निर्वाह गर्नुपर्ने, चालू  आर्थिक वर्षको बार्षिक बजेटका सन्दर्भमा एमाले र सरकारबीच भएको सहमति तत्काल कार्यन्वयन गर्नुपर्ने र कर्णाली प्रदेशसभाको अधिवेशन तत्काल आव्हान गर्न माग गर्ने निर्णय गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .