ad ad

राजनीति


सरकारले सुनको धन्दा गर्दा सुशासन भनिदिनुपर्ने : शंकर पोखरेल

सरकारले सुनको धन्दा गर्दा सुशासन भनिदिनुपर्ने : शंकर पोखरेल

दिनेश बुढा
भदौ ६, २०८० बुधबार १०:४६, सुर्खेत

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘सरकारले सुनको धन्दा गर्दा नागरिकले सुशासनको चर्चा गरिदिनुपर्ने’ भन्दै व्यंग्य गरेका छन्।

बुधबार सुर्खेतको वीरेन्द्रनगरमा ‘एमाले महासचिवसँग कफी र कुरा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन्। 

महासचिव पोखरेलले सरकारले सुनको धन्दा गरिरहदा आम नागरिकले सरकारले गरेको सुशासनको चर्चा गर्दिनु पर्ने कुरा लज्जास्पद भएको बताए। 

‘सरकारले निष्पक्ष देखिने गरि काम गर्नुपर्ने थियो। त्यो देखिएन्,’ उनले भने, ‘उल्टो गठवन्धन सरकार नै सुन तस्करीमा लाग्यो। र त्यसैमा अवैध कारोवार गर्न पशुपति जलहरी काण्ड बाहिर ल्याइयो।’

उनले धर्मिक आस्था भएको स्थानको सुनको जलहरी निकालेर जोख्ने परिस्थितिले सांसद कति झुट रहेछन् भन्ने तथ्य प्रमाणित भएको दाबी गरे। 

‘यो अनुसन्धानमा रोस्टममा उभिएर पशुपतिको जलहरीका विषयमा सम्बोधन गर्ने काम भयो। सरकारले अनुदान मात्र ३० करोड दिएको हो। खर्च अर्बौ भएको छ। जुन पशुपति विकास कोषबाट भएको थियो,’ उनले भने, ‘रोष्टमबाट सुन पित्तल हो भनियो, तर पछि बिस्तारै सुनको अवैध कारोबार सरकारबाटै हुँदो रहेछ भन्ने तथ्य बाहिर आयो।’ 

एमाले अध्यक्ष केपि शर्मा ओली नेतृत्वको सरकारले विमानस्थलमा तीन ठाउँबाट विद्युतीय सूचना रेकर्ड गर्ने व्यवस्था मिलाएको तर, वर्तमान सरकारले सो व्यवस्था बन्द गरेर तस्करलाई संरक्षण दिएको आरोप पनि उनले लगाए। 

दुई महिनामा यति ठूलो परिणाममा सुन तस्करी हुनुले यो प्रकरणमा सत्ता पक्ष नै संलग्न छ भन्ने निष्कर्षका आधारमा एमालेले उच्च स्तरिय छानविन समिति गठन हुनुपर्ने माग राखेको पोखरेलको भनाई छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गृहमन्त्रालयको नक्कली प्रतिवेदनका आधारमा प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान सुरु गरेको दाबी समेत उनले गरे।

‘नक्कली भुटानी शरणार्थी प्रकरण अमेरिकन एजेन्सीहरुका हातमा परेर सक्रिय भएपछि हामीले तत्थ्य बाहिर गएर जसको ओइरो दिन हतारियौं,’ उनले भने, ‘नक्कली भुटानी शरर्णाथीको मुद्दामा प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान शुरु गरियो। गृहको नक्कली प्रतिवेदनका आधारमा एमालेमाथि आरोप लगाउने काम भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .