नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू कुण्ठा बोकेर बस्ने मानिस नभएको बताएका छन्।
सुर्खेतमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले उनलाई कुण्ठा पोखेको भनी टिप्पणी गरेपछि उनले त्यसलाई ठाडै अस्वीकार गरेका हुन्।
‘कुण्ठा छैन, केको कुण्ठा हुनु? म कुण्ठा बोक्ने मानिस होइन, चुनौतीको सामना गर्ने मान्छे हुँ। माधव नेपाल कुण्ठा बोकेर बस्दैन, यो बानी थाहा होस्’, पूर्वप्रधानमन्त्री नेपालले भने, ‘थाहा छैन भने इतिहासबाट थाहा पाउनूस्, तपाईंहरू त अहिले भर्खरका केटाकेटी हुनुहुन्छ!’
पत्रकार सम्मेलनमा सहभागी नेपाली कांग्रेसका स्थानीय नेताहरूलाई देखाउँदै उनले थपे, ‘नेपाली कांग्रेसका नेताहरू हुनुहुन्छ– गणेशमान र भट्टराईसँग डिल गरेर आएको मान्छे। वीरेन्द्र, ज्ञानेन्द्रसँग डिल गरेर आएको मान्छे। देश-विदेशसँग डिल गरेर आएको मान्छे, म कुण्ठासुण्ठा राख्ने मान्छे होइन, म एकदम बुलन्द मान्छे। उहिले १७ वर्षको उमेरमा पनि बुलन्दै थिएँ। अहिले ६७ नाघिसकेँ र पनि बुलन्दै छु।’
Shares
प्रतिक्रिया