दैलेख क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको लागि नेकपा एमालेका नेता गोपाल नेपालीले बागी उम्मेदवारी दर्ता गराएका छन्। नेपालीले एमाले उम्मेदवार रवीन्द्रराज शर्माविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका हुन्।
एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्यसमेत रहेका नेपालीले दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा रहेको निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
उनको दर्ता नं–१ रहेको छ। यो क्षेत्रमा एमालेबाट शर्मा र गठबन्धनबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा चुनामी मैदानमा होमिएका छन्।
75
Shares

प्रतिक्रिया