नेपाली कांग्रेस गण्डकी प्रदेशको पहिलो सम्मेलन पोखरामा सुरु भएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले कार्यक्रम उद्घाटन गरेका छन्।

सम्मेलनमा नेता डा. शेखर कोइराला ,उपसभापति तथा संघीयमन्त्री धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायत केन्द्रीय पदाधिकारी र सदस्य सहभागी छन्।
दुई दिनसम्म चल्ने सम्मेलनको भोलि बन्दसत्र हुने कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले जानकारी दिए।
सम्मेलन उद्घाटन सत्रना विरासतको रक्षा गरौँ, नेपाली कांग्रेस बचाऊँ, इमान भएकालाई जिम्मेवारीमा राखौँ, कांग्रेसी चरित्र स्थापित गरौँ भन्नेलगायत नारा लेखिएको छ।
तर, विरासतको रक्षा गरौँ अनि कांग्रेसी चरित्र पुन:स्थापित गरौँ भन्ने वाक्यको बीचमा राखिएको भ्रष्टाचारीबाट पार्टीलाई बचाऔँ भन्ने वाक्यांश छोपिएको छ।
पार्टी सभापति देउवाले सो वाक्यांशप्रति असन्तुष्टि जनाएपछि त्यसो गरिएको आयोजकमध्येका एक नेताले बताए।
आयोजकका अनुसार करिब १५ जनालाई वक्ताका रुपमा राखिएको छ।
Shares

प्रतिक्रिया