ad ad

राजनीति


एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउन लागेको हल्ला अफवाह : अर्थमन्त्री महत

एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउन लागेको हल्ला अफवाह : अर्थमन्त्री महत

नेपालखबर
असार १६, २०८० शनिबार ११:७, पाेखरा

अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउन लागेको हल्ला निराधार भएको बताएका छन्। 

शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले एमालेसमेत समेटेर नयाँ सत्ता समीकरण बनाउन लागेको कुरालाई ठाडै अस्वीकार गरे। 

‘यो सबै अफवाह हो, भ्रम हो। संसद्‌मा सबै दलका नेताहरूसँग भेट भइरहेको हुन्छ। यसकै आधारमा हल्ला गर्नु हुँदैन,’ उनले भने,‘ गठबन्धनले लक्ष्यसहित काम गरिरहेको छ। देश र जनतालाई केन्द्रमा राखेर गठबन्धनले काम गरिरहेको छ। यो अफवाहको कुनै अर्थ छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .