ad ad

राजनीति


गण्डकीका मन्त्रीबाट हटाइएका कुमारले भने, ‘मुख्यमन्त्रीमा आर्थिक र नैतिक विचलन, मसँग प्रमाण छन्’

गण्डकीका मन्त्रीबाट हटाइएका कुमारले भने, ‘मुख्यमन्त्रीमा आर्थिक र नैतिक विचलन, मसँग प्रमाण छन्’

नेपालखबर
मंसिर १, २०७९ बिहिबार ११:१८, पाेखरा

गण्डकी प्रदेश सरकारको भौतिक योजनामन्त्री पदबाट बर्खास्त कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीविरुद्ध गम्भीर आरोप लगाएका छन्। मुख्यमन्त्री नेपालीले जाँदाजाँदै राज्यकोष दुरुपयोगको प्रयास गरेको आरोप लगाएका हुन्। साथै उनले त्यसको प्रमाण आफूसँग भएको दाबी पनि गरेका छन्। 

बिहीबार पत्रकार सम्मेलनमा उनले भने, ‘एउटा प्रस्ताव आउँदै थियो।मसहित २ जना मन्त्रीले असहमति प्रकट गर्‍यौं, अहिले मलाई हटाइयो। कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबेगर किन र कसरी हटाइयो? निर्वाचन आचारसंहिताको अवधि सकिएपछि पूर्वपदाधिकारीलाई सेवा दिने, डेढ करोडको गाडी किन्ने प्रक्रियाको फाइल क्याबिनेटमा आउने कुरा सुनिएको छ।’

मुख्यमन्त्री नेपाली पछिल्लो समय गम्भीर आर्थिक र नैतिक विचलनमा संलग्न भएको र त्यसका प्रमाणस्वरूप आफूसँग अडिओ, भिडिओ रहेको दाबी खड्काले गरेका छन्। 

‘मसँग त्यसको प्रमाणका रूपमा अडिओ र भिडिओ छ। मुख्यमन्त्रीले मलाई चित्तबुझ्दो जवाफ दिनुपर्‍यो, हैन भने म मर्नुअघि सार्वजनिक गर्छु।’

मुख्यमन्त्रीले नवलपुरमा १ अर्बको पुलको योजना अघि सारेको र त्यसमा पनि आफूले सहमति नजनाएको बताउँदै उनले थपे, ‘मुख्यमन्त्रीज्यूसँग पछिल्लो समय असहमति थियो।’

कुमार कास्की  क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार हुन चाहन्थे। तर, सो क्षेत्रमा कांग्रेसले अर्का मन्त्री विन्दुकुमार थापालाई टिकट दियो। उनी रुष्ट भए। विन्दुलाई असहयोग गरेको आरोपमा कुमारलाई मुख्यमन्त्रीले मन्त्री पदबाट हटाए। मुख्यमन्त्री यस विषयमा मौन छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .