ad ad

राजनीति


सदर भएर पनि झन्डै १३ लाख समानुपातिक मत खेर गयो

सदर भएर पनि झन्डै १३ लाख समानुपातिक मत खेर गयो

नेपालखबर
मंसिर २१, २०७९ बुधबार १०:४, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फ सदर भएका १ करोड ५ लाख ६० हजार ८२ मतमध्ये १२ लाख ८८ हजार ३ सय ७० मत खेर गएको छ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी ४७ दलमध्ये थ्रेसहोल्ड (कूल सदर मतको ३ प्रतिशत) कटाउन नसकेका ४० दलले पाएका मत खेर गएका हुन्।

समानुपातिकतर्फ ३ प्रतिशत मत कटाएका सात दलले पाएको ९२ लाख ७१ हजार ७ सय १२ मत मात्र काम लागेको हो। थ्रेसहोल्ड नकटाएका दलले पाएको मत गणना नगरिने भएकाले खेर गएको हो। 

सबैभन्दा बढी समानुपातिक मत नेकपा एकीकृत समाजवादीको खेर गएको छ। उसले २ लाख ९८ हजार ३ सय ९१ मत पाएको थियो।

यसपछि दोस्रोमा सबैभन्दा धेरै मत नागरिक उन्मुक्ति पार्टीले गुमाएको छ। उसले २ लाख ७१ हजार ७ सय २२ समानुपातिक मत पाएको थियो। 

हेर्नुहोस् थ्रेसहोल्ड कटाउन नसकेका दलले पाएको मतको सूची :

नेकपा एकीकृत समाजवादी
२,९८,३९१

नागरिक उन्मुक्ति पार्टी
२,७१,७२२

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,३६७

नेपाल मजदुर किसान पार्टी
७५,१६८

हाम्रो नेपाली पार्टी
५५,७४३

मंगोल नेसनल अर्गनाइजेसन
४९,०००

राष्ट्रिय जनमोर्चा
४६,५०४

नेपाल संघीय समाजवादी पार्टी
४१,८३०

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
३०,५९९

राष्ट्रिय जनमुक्ति पार्टी
२३,९३४

जनता प्रगतिशिल पार्टी, नेपाल
१८,०५९

एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी)
१७,९०२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,८०५

बहुजन एकता पार्टी नेपाल
१७,०८०

नेपाली कांग्रेस (बीपी)
१२,५०२

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२,३४०

नेपाली जनता दल
१०,१३७

बहुजन शक्ति पार्टी
९,४३५

नेपालका लागि नेपाली पार्टी
८,४३६

नेपाल कम्युनिस्ट पार्टी
८,०१३

नेपाल लोकतान्त्रिक पार्टी
७,७०५

नेपाल जनता पार्टी
७,५१८

नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,४०२

मितेरी पार्टी नेपाल
७,०४३

जनजागरण पार्टी नेपाल
६,५५०

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,४२९

तराई मधेश लोकतान्त्रिक पार्टी
५,९७७

जनसमाजवादी पार्टी, नेपाल
५,९२५

एकल चिह्न गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिस्ट पार्टी समाजवादी/नेपाल दलित पार्टी)
५,८३९

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,१०५

विवेकशील साझा पार्टी
४,०४९

एकीकृत शक्ति नेपाल
३,७९२

नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
३,७०२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,४०६

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३५४

मौलिक जरोकिलो पार्टी
३,२५६

नेपाल समावेशी पार्टी
२,९६३

नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
२,२२०

राष्ट्रिय नागरिक पार्टी
२,१५०

नेस्ननलिस्ट पिपल्स पार्टी
२,०१८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .