दोलखामा मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार यहाँ नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिइरहेका छन्।
सुरुदेखि अग्रता कायम गरेका नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई १८ सय ९६ मतले पछि पार्दै शिवाकोटीले अग्रता लिएका हुन्।
मुख्य निर्वाचन अधिकृतका अनुसार ४१ हजार ९ सय १८ मत गणना भइसकेको छ। जसमा एमाले उम्मेदवार शिवाकोटीले १८ हजार ६ सय ३घ मत प्राप्त गरेका छन्। त्यस्तै, माओवादीका कार्कीले १६ हजार ७ सय ३७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाकारी गराएको छ।
174
Shares
प्रतिक्रिया