प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणना सकिनै लागेको छ।
निर्वाचन आयोगका अनुसार शनिबार बिहान ९ बजेसम्म १ करोड ४ लाख ३ हजार ९ सय ४२ समानुपातिक मत सदर भइसकेका छन्।
अहिलेसम्म कुन दलले कति मत पाए त?
हेर्नुहोस् सूची
नेकपा एमाले
नेपाली कांग्रेस
२६,५२,२९३
एकल चिह्न गोलाकारभित्र हँसिया हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
११,६१,८७८
राष्ट्रिय स्वतन्त्र पार्टी
११,२२,९६६
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,२५१
जनता समाजवादी पार्टी, नेपाल
४,२०,९४२
जनमत पार्टी
३,९४,३८४
नेकपा एकीकृत समाजवादी
२,९४,०९३
नागरिक उन्मुक्ति पार्टी
२,७१,६५८
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२७९
यसबाहेक अन्य दलले भने १ लाखभन्दा तल मत ल्याएका छन्।
प्रतिनिधिसभामा एक सिट जितेर समानुपातिकतर्फ कूल सदर मतको ३ प्रतिशतभन्दा बढी मत ल्याउने दलले राष्ट्रिय दलको मान्यता पाउँछन्।
स्याङ्जा २, बाजुरा र दोलखामा मत गणना जारी रहेकाले कति मत बदर भए, कति सदर भन्ने एकिन हिसाब आउन बाँकी छ। तर निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० जनामध्ये ६१ प्रतिशत मतदानमा सहभागी भएका छन्। यस हिसाबले चुनावमा १ करोड ९ लाख ७० हजारभन्दा बढी मतदान भएको देखिन्छ। तर यसमध्ये ३ लाख हाराहारी मत बदर भएको अनुमान आयोगले गरेको छ।
अब खसेको कूल मत १ करोड ९ लाख ७० हजारबाट बदर मत ३ लाख घटाउँदा कूल सदर मत १ करोड ६ लाख ७० हजार आसपास हुन्छ। यसको ३ प्रतिशत (थ्रेसहोल्ड) कटाउन ३ लाख २० हजारभन्दा बढी मत प्राप्त गर्नुपर्ने देखिन्छ।
प्रतिक्रिया