स्याङ्जा निर्वाचन क्षेत्र २ मतगणना जारी छ।
पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरूङले अग्रता कायमै राखेका छन्। उनले नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई २२१३ मतले पछि पार्दै अग्रता कायम राखेका हुन्।
कांग्रेसका गुरुङले २२ हजार ४८० मत र एमालेकी अर्यालको २० हजार २६७ मत पाएको निर्वाचन आयोगले जनाएको छ।
यस्तै स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ७ हजार २३८ मत पाएका छन्।
मंसिर १७, २०७९, शनिबार
प्रतिक्रिया