राजनीति


बालेन्द्रप्रति भीम रावल रुष्ट, फेरि गरे प्रश्न

‘स्वीकृति दिने परराष्ट्र मन्त्रालयका अधिकारीको नाम सार्वजनिक गर्नुहोस्’
बालेन्द्रप्रति भीम रावल रुष्ट, फेरि गरे प्रश्न

नेपालखबर
मंसिर १७ , काठमाडौँ

अमेरिकी रादूत डिन थम्पसनसँग भेटवार्ता गरेको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई नेकपा एमालेका नेता भीम रावलले पुनः प्रश्न गरेका छन्।  

मेयर शाहले शुक्रबार अमेरिकी रादूत थम्पसनसँग भेटवार्ता गरेपछि एमाले नेता रावलले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर भेटेको कि नलिईकन भनेर सामाजिक सञ्जालमार्फत प्रश्न गरेका थिए। 

त्यसको जवाफ दिँद मेयर शाहले भनेका थिए, ‘अमेरिकी राजदूतले हामीसँग पटकपटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं।’ 

मेयर शाहले यति मात्र भनेनन्।

यही मौकामा उनले यो पनि भने, ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन। उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामीचाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र, थप एमसीसीमार्फत विद्युत विदेशीलाई बेच्नेभन्दा पनि त्यो विद्युत नेपालमै प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छौँ।’

यसपछि रावलले मेयर शाहलाई फेरि प्रश्न गरेका हुन्।

‘म फेरि पनि बालेनजीलाई प्रश्न गर्छु - के तपाईंले परराष्ट्र मन्त्रालयसँग पत्राचार गरी स्वीकृति लिएर अमेरिकी राजदूतलाई भेट्नुभएको हो’, रावलले सोधेका छन्, ‘तपाईंले भन्नुभएझैं ‘उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएपछि’ भेटेको हो भने उहाँले परराष्ट्र मन्त्रालयबाट ‘स्वीकृति लिएर आएको जानकारी तपाईंलाई कसरी भयो? परराष्ट्र मन्त्रालयको पत्रबाट? फोनबाट वा इमेलबाट? पत्र वा इमेल भए त्यसको प्रतिलिपि वा फोनबाट भए स्वीकृति दिने परराष्ट्र मन्त्रालयका अधिकारीको नाम सार्वजनिक गर्नुहोस्।’

यस क्रममा रावलले आफ्नो प्रश्नको सीधा जवाफ नदिएर मेयर शाहले असान्दर्भिक कुरा गरेको आरोप पनि लगाएका छन्। 

‘...बालेन साहजीले परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेटेको भए अनुमति लिएर भेटेको भन्ने सरल जवाफ दिएको भए त्यो जिम्मेवारपूर्ण पर्याप्त र इमान्दार जवाफ ठहरिन्थ्यो’, रावलले भनेका छन्, ‘तर उहाँले ‘तपाईंहरूजस्तो विदेशी सहयोग माग्ने कुनै रहर छैन’ भन्ने असान्दर्भिक कुरा गरी उत्तेजना प्रकट गरेबाट नेपालको संविधान र नेपालको मर्यादा र स्वाभिमानको रक्षा गरौं भन्ने मेरो भनाइले घोचेको हो कि?’

हेर्नुहोस् रावलको पूरा वक्तव्य–

मंसिर १७, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.