ad ad

राजनीति


समानुपातिक अपडेट : कांग्रेसले कटायो २३ लाख

समानुपातिक अपडेट : कांग्रेसले कटायो २३ लाख

नेपालखबर
मंसिर ११, २०७९ आइतबार १६:११, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनामा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्राप्त मतको संख्या २३ लाख कटाएको छ। 

आज अपराह्न ४ बजे निर्वाचन आयोेगले उपलब्ध गराएको तथ्यांकअनुसार कांग्रेसले २३ लाख २ हजार ७ सय २६ मत ल्याएको छ। पहिलो नम्बरमा रहेको एमालेले भने २४ लाख २१ हजार ७ सय ९६ मत प्राप्त गरिसकेको छ। 

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म १० लाख ७ हजार ७ सय २२ मत ल्याएको छ भने चौथो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८८ हजार ७ सय ४२ मत पाएको छ। 

पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १६ हजार ६ सय ३० समानुपातिक मत ल्याएको छ।

प्रत्यक्षतर्फ पनि सिट जितेका यी पाँच दल राष्ट्रिय दल हुनेमा पक्का भइसकेको छ। यसपटक खसेको मतका आधारमा थ्रेसहोल्ड ३ लाख २० हजार देखिएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .