ad ad

राजनीति


धरान छाडेर बराहक्षेत्र पुगेपछि अशोक राईले लिन थाले अग्रता

धरान छाडेर बराहक्षेत्र पुगेपछि अशोक राईले लिन थाले अग्रता

फाइल तस्बिर


नेपालखबर
मंसिर ११, २०७९ आइतबार ११:१७, काठमाडौँ

सुनसरी क्षेत्र नम्बर १ मा नेकपा एमाले र जनता समाजवादी पार्टीको गठबन्धनका उम्मेदवार अशोक राईले अग्रता लिन थालेका छन्।

दोस्रो पटक सुनसरी १ बाट चुनावी मैदानमा रहेका जसपाका वरिष्ठ उपाध्यक्ष राईले धरान उपमहानगरपालिका क्षेत्रको गणना सकेर बराहक्षेत्र पुगेपछि अग्रता लिन थालेका हुन्। 

कम्युनिष्टहरुको किल्लाका रुपमा परिचित सुनसरी क्षेत्र नम्बर १ मा सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोक राईले अप्रत्यासित अग्रता लिएका थिए। 

तर विस्तारै मतगणना बढ्दै गएपछि सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङले अग्रता लिएका थिए।

त्यसबेला सत्ता गठबन्धनका उम्मेदवार  माओवादी केन्द्रका मुक्साहाङ मेन्येङ्बो दोस्रो नम्बरमा रहँदा छाता चिह्नका उम्मेदवार अशोक राई चौथोमा थिए।

धरान उपमहानगरभित्रको भोट गन्दासमेत एमाले-जसपा गठबन्धनका राई पछि परेका थिए। धरानमा रहँदासम्म गोमाको निरन्तर अग्रता थियो।

तर अब भने अशोक राईले अग्रता बनाएका छन्। सुनसरी १ को प्रतिनिधिसभातर्फ बराहक्षेत्र नगरपालिका ३ को गणना सकिँदा राईले ४ मतले अग्रता बनाएका हुन्। 

ताजा अवस्थामा एमालेको साथ पाएका राईले १३ हजार ८०१ मत ल्याएका छन्। उता गोमा तामाङ (सरिन) ले दोस्रोमा धकेलिँदै १३ हजा ७९७ मत ल्याएकी छन्।

अशोक राई अहिले ४ मतले अघि लागेका छन्।  अब त्यहाँ १२ हजार ६ सय मत गन्न बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .