निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणना पनि अध्यावधिक (अपडेट) गरिरहेको छ।
दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार सुरुदेखि नै पहिलो स्थानमा रहेको नेकपा एमालेले १९ लाख ९२ हजार ३ सय ४ मत ल्याइसकेको छ भने दोस्रोमा रहेको नेपाली कांग्रेसले १९ लाख २५ हजार १ सय ५८ समानुपातिक मत पाइसकेको छ।
यस्तै तेस्रोमा रहँदै नेकपा माओवादी केन्द्रले ८ लाख ५८ हजार २ सय ६६ समानुपातिक मत ल्याएको छ भने यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी छ। उसले अहिलेसम्म ८ लाख १८ हजार २ सय ५२ मत ल्याएको छ।
अन्य दलको अवस्था कस्तो छ? हेर्नुहोस् सूची :
राष्ट्रिय प्रजातन्त्र पार्टी
४३१२५४
जनता समाजवादी पार्टी, नेपाल
नेकपा एकीकृत समाजवादी
१८४५४०
जनमत पार्टी
१६९८६१
नागरिक उन्मुक्ति पार्टी
१६९१०७
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१००४६८
नेपाल मजदुर किसान पार्टी
६२०९३
राष्ट्रिय जनमोर्चा
३९८७०
हाम्रो नेपाली पार्टी
३९६०७
मंगोल नेसनल अर्गनाइजेसन
३८३००
Shares

प्रतिक्रिया