कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी भएका छन्।
कांग्रेस लुम्बिनी प्रदेशका महामान्त्रीसमेत रहेका आचार्यले नेकपा एमालेका बृजेशकुमार गुप्तालाई ३१७ मतले पराजित गरेका हुन्।
आचार्यले ३९ हजार १४ मत पाउँदा गुप्ताले ३८ हजार ६९७ मत ल्याएका छन्।
यो क्षेत्रमा राप्रपाकी सविता शर्माले १ हजार ५७४ मत पाएकी छन् भने लोसपाका अकबाल अहमद शाहले १ हजार १२३ मत पाएका छन्।
45
Shares
प्रतिक्रिया