ad ad

राजनीति


सञ्चारमन्त्री कार्की पनि संकटमा, कांग्रेसकै पकड क्षेत्रमा खसेन भोट

सञ्चारमन्त्री कार्की पनि संकटमा, कांग्रेसकै पकड क्षेत्रमा खसेन भोट

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १५:०, काठमाडौँ

रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणलाई जस्तै सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि संकट आइ लागेको छ। 

मतगणनाको सुरुदेखि नै नेकपा एमालेका जगदीशप्रसाद कुसियैतसँग पछि परिरहेका कार्की यो पटक पराजित हुने जोखिम बढेर गएको छ 

सुरुदेखि नै पछि परेका कार्कीको पकेट क्षेत्रमै भोट नखसेपछि कांग्रेसजनमा चिन्ता छाएको हो। 

यहाँ एमालेका जगदीश कुशियतले निरन्तरता अग्रता बनाइरहँदा कार्कीले आफ्नो पकेट क्षेत्रको भोट गन्दा पनि उछिन्न सकेका छैनन्। 

अहिले ताजा अवस्थामा १६ हजार ९१७ मत ल्याउँदै एमालेका कुसियैत अग्र स्थानमा छन्। उता कार्कीले १५ हजार ६७७ मतसहित उनलाई पछ्याइरहेका छन्। 

अहिले कांग्रेसकै बलियो पकड रहेको भनिएको बराह क्षेत्र नगरपालिकाको भोटगणना हुँदा पनि कार्कीले उछिन्न सकेका छैनन्। 

बराह ८ को मत गन्दा पनि त्यहाँ कुसियैतले प्रतिस्पर्धात्मक मत ल्याएका छन्। अब त्यहाँ बराह ९ १० र ११ मतगणना हुँदैछ। बराहबाट कार्कीले ठूलो अग्रता लिएर जित्ने कांग्रेस कार्यकर्ताको विश्वास थियो। 

गत स्थानीय तह निर्वाचनमा बराहक्षेत्रबाट कांग्रेसले ठूलो भोट तानेको थियो। त्यहाँ कांग्रेसका उम्मेदवारहरु फराकिलो मतले विजयी पनि भए। तर त्यसको ठीकविपरीत त्यहाँ पनि कार्कीलाई कम मत खसेको छ। 

कार्कीका पूर्व स्वकीय सचिव तेज गुरुङ वडाध्यक्ष भएकाले बराह क्षेत्र १० बाट राम्रो भोट खस्ने अपेक्षा छ। तर अहिलेसम्म बराहक्षेत्रबाट समेत कुसियैतले भोट तानिदिएपछि कार्कीले जित्ने सम्भावना कमजोर भएको हो।

अर्कातिर कार्कीको प्रभाव रहेको भनिएको इनरुवा नगरपालिका वडा नम्बर ५ को पनि मतगणना भइरहेको छ। यी सबै ठाउँबाट कुसियैतले प्रतिस्पर्धात्मक भोट ल्याइदिँदा २०७४ मा भोजपुरबाट सुनसरी झरेका कार्कीको चिन्ता बढेको छ।

अब हरिनगराको भोट गन्न बाँकी छ। अर्कातिर भोक्राहा र कोशी गाउँपालिकाको पनि भोट गणना हुँददै। कोशी गाउँपालिका वडा नम्बर ६ कुसियैतको गाउँ हो। जहाँ उनको राम्रो प्रभाव छ। 

बराहक्षेत्रबाट कार्कीले गतिलो अग्रता बनाउने सम्भावना कम हुँदै गएपछि कुसियैतले आफ्नो प्रभाव क्षेत्र रहेका दक्षिणबाट भोट तानेर जित्ने ढुक्क रहेको बताइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .