राजनीति


सिन्धुपाल्चोकका सबै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

सिन्धुपाल्चोकका सबै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ५:२१, काठमाडौँ

सिन्धुपाल्चोकका सबै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ गरी ६ निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकका सबै सिटमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। 

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका माधव सापकोटा सुबोध निर्वाचित भएका छन्। उनी ३० हजार ३ सय ७४ मतसहित विजयी भएका हुन्। मतगणनाको सुरुवाती अग्रता लिन नसकेका सापकोटाले एमाले उम्मेदवार सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतले पछि पार्दै विजयी भएका हुन्। प्रतिस्पर्धी एमालेक नेपालले २७ हजार २० मत प्राप्त गरे।

क्षेत्र नम्बर १ को प्रदेशसभातर्फ पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा (क) मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मसिना खड्का विजयी भएकी हुन्। खड्काले १४ हजार छ सय ५२ मत ल्याएकी छन्। उनका निकटतम् प्रतिस्पर्धी युद्धविक्रम तामाङले १३ हजार चार सय ९० मत ल्याएका छन्।

क्षेत्र नम्बर १ प्रदेशसभा (ख) तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका सरल सहयात्री पौडेलले जित निकालेका छन्। पौडेल १७ हजार २५६ मत सहित प्रदेश सभामा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका होमनारयण श्रेष्ठले १३ हजार १३ मत पाएका थिए।

त्यस्तै, सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिसभा सदस्यतर्फ नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले जित निकालेका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नेता शेरबहादुर तामाङलाई ८ हजार ८९२ मतले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का मतदाता रहेका बस्नेत आफ्नो क्षेत्र छाडेर २ नम्बरबाट उठेका थिए।

क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) तर्फ नेपाली कांग्रेसका समीर तामाङ विजयी भएका छन्। उनी १५०५ मतान्तरले एमालेका हस्त पण्डितलाई हराउँदै विजयी भएका हुन्। 

त्यस्तै, प्रदेशसभा (ख) तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज दुलाल शरद विजयी भएका छन्। दुलालले २० हजार ९०६ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमान सिं तामाङले १२ हजार १३९ मत ल्याएका थिए। दुलाले तामाङ भन्दा ८ हजार ७६७ मत बढी ल्याएका थिए। उनी यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभामा विजयी भएका हुन्।

सिन्धुपाल्चोकका ६ वटै सिटमा गठबन्धनले सानदार जित निकाल्छ : माधव सापकोटा (अन्तर्वार्ता)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad