राजनीति


जितेपछि अर्थमन्त्री शर्माले भने–रूकुमेली जनताको अपेक्षा इमानदारीपूर्वक पूरा गर्छु

जितेपछि अर्थमन्त्री शर्माले भने–रूकुमेली जनताको अपेक्षा इमानदारीपूर्वक पूरा गर्छु

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ६:१, काठमाडौँ

रूकुम पश्चिमबाट प्रतिनिधिसभामा भारी मतान्तरसहित विजयी भएका अर्थमन्त्री जनार्दन शर्माले रुकुमेली जनताको अपेक्षा पूरा गर्न आफू इमानदारी पूर्वक प्रयास गर्ने बताएका छन्। 

प्रदेशसभातर्फका दुवै सिटसहित विजयी भएका शर्माले ‘अग्रगामी जनताको जित’ को रुपमा आफूहरुको विजयी भएको बताएका छन
। 
‘हामीसँग प्रतिस्पर्धामा सहभागी विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूका साथै पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता, गठबन्धन नेता–कार्यकर्ता सबैमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु,’ शर्माले भनेका छन्, ‘यो जित अग्रगामी जनताको जित हो।’

उत्पादन, रोजगार, समृद्धि सामाजिक, सांस्कृतिक रूपान्तरण अभियानमार्फत रूकुम जिल्लालाई समृद्ध र समुन्नत बनाउन आफूहरुको साझा प्रयास हुने उनले मतदातालाई धन्यवाद दिँदै उल्लेख गरेका छन्। ‘रुकुमेली जनताका अपेक्षाका साथै राष्ट्रिय आवश्यकता र कार्यभार पुरा गर्न इमानदारी पूर्वक प्रयास गर्नेछु,’ शर्माले उल्लेख गरेका छन्।

उनी ३९ हजार ५४९ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले १२ हजार ९६१ मत पाएका छन्।

प्रदेशसभा १ मा महेन्द्र केसी १९ हजार ३३ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा निकटतम् प्रतिष्पर्धी शाहले ८ हजार ८१ मत ल्याएका छन्। 
प्रदेशसभा २ मा विजयी राजकुमार शर्माले २० हजार १६० मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिष्पर्धी घर्तीले ८ हजार ७८ मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad