राजनीति


घण्टीले कटायो समानुपातिकमा ४ लाख मत

घण्टीले कटायो समानुपातिकमा ४ लाख मत

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ३:०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ ४ लाख मत कटाएको छ। निर्वाचन आयोगले शुक्रबार बिहान झण्डै ३ बजे अद्यावधीक गरेको परिणामअनुसार उसले ४ लाख मत कटाएको हो।

आयोगका अनुसार स्वतन्त्र पार्टीले ४ लाख १ हजार ६३ मत ल्याएको छ। 

प्रतिनिधिसभा समाुनपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै छ। 

एमाले ८ लाख ४४ हजार ४०७ मतका साथ समानुपातिकतर्फ लिड गरिरहँदा ८ लाख ७ हजार ६८७ मतका साथ नेपाली कांग्रेसले पछ्याइरहेको छ।

नेकपा माओवादी केन्द्र ३ लाख ८२ हजार ५०४ मतसहित चौथो स्थानमा छ। छैठौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ लाख १२ हजार ४५२ मत पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad