राजनीति


कांग्रेसको कारवाहीमा परेका अमरेशले सर्लाही ४ मा बाजी मारे

कांग्रेसको कारवाहीमा परेका अमरेशले सर्लाही ४ मा बाजी मारे

नेपालखबर
मंसिर ८ , काठमाडौँ

नेपाली कांग्रेसको कारवाहीमा परेर निष्कासित भएका अमरेशकुमार सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट विजयी भएका छन्। 

माछा चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका सिंहले कांग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्र कुमारलाई पराजित गरेका हुन। 

कांग्रेसले टिकट नदिनुका साथै कारवाही गरेर निकालिदिएपछी स्वतन्त्र     उठेर एक्लै चुनावी अभियानमा होमिउका सिंहले अन्तत: नतिजा आफ्नो पक्षमा पारे।

उनले पछिल्लो परिणामअनुसार १७ हजार ७६८ मत ल्याएका छन्। पराजित भएका नगेन्द्रकुमारले १६ हजार २८८ मत ल्याए। 

उनलाई कांग्रेस सर्लाहीले स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै उनलाई कारवाही गरेको थियो। पार्टीको चौधौँ महाधिवेशनदेखि अमरेश र सभापति शेरबहादुर देउवाको सम्बन्धमा चिसोपना आएको थियो। 

कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले नेता सिंहलाई अनुशासनको कारबाहीअन्तर्गत निलम्बन गरिएको बताएका थिए। 

सिंहलाई टिकटबाट बञ्चित गर्ने गरी कांग्रेसले उनलाई चुनावको मुखमा कारबाही गरेको थियो। त्यसपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले अन्तत:  एक्लै बाजी मारे। 
 

मंसिर ८, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]habar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad