राजनीति


रुपन्देही  ५ मा एमालेका घिमिरे विजयी

रुपन्देही  ५ मा एमालेका घिमिरे विजयी

वासुदेव घिमिरे


नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ६:५४, रुपन्देही

रुपन्देही –५ मा नेकपा (एमाले) का वासुदेव घिमिरे विजयी भएका छन्। 

उनले नेपालीे कांग्रेसका भरतकुमार शाहलाई ९ हजार ७ सय २ मतको अन्तरले हराएका हुन्। 

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार ८ सय २२ मत ल्याउँदा शाहले २७ हजार १ सय २० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चुरामणि शर्माले जानकारी दिए।

कांग्रेसका शाह यसअघिका तीन निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। एक लाख २९ हजार १ सय ३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार ७ सय ३६ मत  खसेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .