राजनीति


पूर्वसहयात्रीलाई हराउँदै रोल्पाबाट दोस्रोपटक सांसद चुनिएका वर्षमान

पूर्वसहयात्रीलाई हराउँदै रोल्पाबाट दोस्रोपटक सांसद चुनिएका वर्षमान

तस्बिर : विशाल कार्की/नेपालखबर


नेपालखबर
मंसिर ८ , काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका रुपमा दोस्रो पटक विजयी भएका छन्। 

यसअघि विसं २०७४ मा भएको निर्वाचनमा पनि उनले सोही जिल्लाबाट विजयी भएका थिए। संसदीय राजनीतिमा यो उनको तेस्रो विजयी यात्रा हो। विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा उनले ललितपुर क्षेत्र नं १ बाट विजयी भएका थिए।

विसं २०७० को संविधानसभाको निर्वाचनमा भने उनी मोरङबाट पराजित भएका थिए। 

पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुन सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धनकोतर्फबाट साझा उम्मेदवार बनेका हुन्। उनले कूल ४१ हजार सात सय १४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का पूर्णबहादुर बुढामगरले १६ हजार चार सय ८५ मत प्राप्त गरे। विजयी भएका नेता पुनले २५ हजार दुई सय २९ मतको अग्रता कायम राखे। 

निर्वाचन आयोगका अनुसार सो जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लीला रावलले दुई हजार पाँच सय ५६, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले आठ सय तीन र नेपाल मजदुर किसान पार्टीका नातीभाई ह्याम्बाले एक सय ५२ मत प्राप्त गरेका छन्। 

संयोग कस्तो परेको छ भने निर्वाचित भएका पुन र उनका प्रतिस्पर्धी बुढामगर तत्कालीन समयमा एउटै पार्टीमा आबद्ध थिए। पुन तत्कालीन जनमुक्ति सेनाको डेपुटी कमाण्डरको भूमिकामा रहँदा बुढामगर भने उनी मातहतको कमाण्डरको रुपमा थिए। 

सर्वोच्च अदालतले तत्कालीन नेकपालाई नेकपा(एमाले) र माओवादी केन्द्रमा विभक्त गरिदिएपछि बुढामगर एमालेमा नै रहे। यसपटक पूर्वसहकर्मीबीचको प्रतिस्पर्धालाई राष्ट्रिय रुपमा नै महत्वका साथ हेरिएको थियो।

तत्कालीन जनमुक्ति सेनाको डेपुटी कमाण्डर तथा हालका एमाले नेता पूर्णबहादुर बुढामगर।

सुरुआती चरणदेखि नै अग्रता कायम गर्दै माओवादी केन्द्रका उम्मेदवार पुनले अन्तिमसम्म नै त्यसलाई कायम राख्नुभएन, फराकिलो मतान्तरले विजयी भएका थिए। 

रोल्पामा कूल मतदाता सङ्ख्या एक हलाख ४५ हजार चार सय ७१ रहेपनि यही मङ्सिर ४ गते भएको निर्वाचनमा ६१ हजार सात सय १० मत मात्रै खसेको थियो। कूल सदर मत ६१ हजार सात सय १० हुँदा बदर मत भने पाँच हजार तीन सय ११ रहेको छ।

प्रदेशसभातर्फ (१) मा माओवादी केन्द्रकै जोखबहादुर महरा निर्वाचित हुनुभएको छ भने (२) मा माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवारी दिनुभएका दीपेन्द्र पुन निर्वाचित भएका थिए। 

निर्वाचित नेता पुनको जन्म रोल्पाको जंकोटमा विसं २०२८ जेठ १८ गते भएको हो। उनका बाबुको नाम इर्खराम पुन र आमाको नाम तिर्थमाली पुन हो।

उनको जीवन सङ्गीनी ओनसरी घर्ती काठमाडौँ क्षेत्र नं २ बाट गठबन्धनको साझा उम्मेदवार भएपनि जीत निकाल्न सकिनन्। 

प्राथमिक शिक्षा रोल्पाको बालकल्याण माविबाट पूरा गरेएका पूर्वऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री रहेका नेता पुनले २०४९ मा नेपाल ल ल क्याम्पसबाट बीएल गरेका छन्। 

पञ्चायकालमै अनेरास्ववियुमा आबद्ध हुँदै वाम आन्दोलनमा सक्रिय भएका उनी विसं २०५२ देखि नै जनयुद्धमा सहभागी थिए।

उनले तत्कालीन माओवादीको तर्फबाट काठमाडौँ उपत्यकामा आन्दोलन परिचालन गर्ने मुख्य नेतृत्वमा थिए। 

अनन्तको नामले परिचित नेता पुनले राज्यबाट संविधानसभा पदक प्राप्त गरेका छन्।

मंसिर ८, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad