ad ad

राजनीति


रोल्पाबाट माओवादी केन्द्रका वर्षमान पुन भारी मतान्तरले निर्वाचित

रोल्पाबाट माओवादी केन्द्रका वर्षमान पुन भारी मतान्तरले निर्वाचित

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १:०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा भारी मतका साथ विजयी भएका छन्।

उनले निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरलाई २५ हजार २२९ मतले पराजित गरेका छन्। 

निर्वाचन आयोगका अनुसार पुन ४१ हजार ७१४ मतका साथ विजयी हुँदा बुढामगरले १६ हजा ४८५ मत ल्याएका छन्। 

रोल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लीला रावल २ हजार ५५६ मतसहित तेस्रो भएका छन्। 

पुन २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि रोल्पाबाटै निकटतम् प्रतिष्पर्धीभन्दा दोब्बर बढी मतले विजयी भएका थिए। 

उनले ४२ हजार ८४ मत पाउँदा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता अमरसिंह पुनले २० हजार ३३७ मत पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .