विवादपछि नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर २ को मतगणना स्थगित भएको छ।
नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले गनिसेकको मतबारे विवाद झिकेपछि मतगणना रोकिएको हो।
खड्काले गनणा भइसकेको मतपत्र लापारबाही गरेर राखिएको बताउँदै विवाद भएको हो।
यही विवादका कारण रोकिएको मतगणना अघि बढाउन सर्वदलीय बैठक राखिएको छ। अहिले बैठक सकिएकाले अब मतगणना थाल्ने तयारी भएको ।
ताजा अवस्थामा त्यहाँ नेम्वाङ अगाडि छन्। उनले ९ हजार ९८३ मत ल्याइसक्दा खड्का ८ हजार ७२५ मतमा समेटिएका छन्।
मंसिर ७, २०७९, बुधबार
प्रतिक्रिया