बागलुङ क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेल विजयी भएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका उनी २४ हजार ७७९ मतसहित प्रतिनिधिसभामा विजयी भएका हुन्।
उनलाई पछ्याएकी नेकपा एमालेकी मञ्जु चालिसेले २० हजार १८० मत ल्याउन सफल भइन्।
त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तिला खत्रीले २३ सय २५ मत ल्याएर तेस्रो नम्बरमा रहिन्।




204
Shares

प्रतिक्रिया