ad ad

राजनीति


सत्ता गठबन्धनलाई उछिन्दै कैलाली ३ मा नागरिक उन्मुक्तिको ‘क्लिन स्विप’

सत्ता गठबन्धनलाई उछिन्दै कैलाली ३ मा नागरिक उन्मुक्तिको ‘क्लिन स्विप’

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १३:४१, कञ्चनपुर

कैलाली निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ। पाँचदलीय गठबन्धनलाई उछिन्दै कैलाली ३ मा नागरिक उन्मुक्तिले वर्चस्व जमाएको हो।

सार्वजनिक अन्तिम मतपरिणाम अनुसार प्रदेशसभा १ मा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी विजयी भएका छन्। 

उनी १३ हजार ९२३ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डंगौरा थारुले ११ हजार ५७२ मत ल्याए। 

प्रदेशसभा २ मा खुशीराम चौधरी ७ हजार ५३९ मतले विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउँदले ६ हजार ६१९ मत ल्याए।

यसअघि प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .