राजनीति


गुल्मी २ मा गोकर्ण विष्ट चौथो पटक विजयी, रामकुमारी झाँक्री २ हजार मतले पराजित

गुल्मी २ मा गोकर्ण विष्ट चौथो पटक विजयी, रामकुमारी झाँक्री २ हजार मतले पराजित

फाइल तस्बिर


नेपालखबर
मंसिर ७, २०७९ बुधबार १२:५४, काठमाडौँ

गुल्मी क्षेत्र नम्बर २ नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन्।

उनले सत्ता गठबन्धनको साथ लिएर उठेकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीलाई करिब २ हजार मतले पराजित गरेका हुन्। 

गुल्मीबाट गोकर्ण विष्ट चौथो पटक निर्वाचित भएका हुन्। विष्टले आफ्नै पूर्व सहकर्मी रामकुमारी झाँक्रीलाई पराजित गर्दै आफ्नो विरासत जोगाएका हुन्। 

गुल्मी २ मा अन्तिम नतिजा सार्वजनिक हुँदा बिष्टले २८ हजार ४७६ मत ल्याए। उता रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत पाएकी छन्।

विष्ट २ हजार ३४ मतको अग्रतासहित विजयी भएका छन्। 

२०५६ यता ५ वटा निर्वाचन लडेका विष्ट २०६४ मा पराजित भएका थिए। एमालेबाट विद्रोह गरी बनेको एकीकृत समाजवादीकी सचिव झाँक्रीले राम्रै टक्कर दिए पनि विष्ट नै विजयी भए।

झाँक्रीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चाको समेत समर्थन रहेको थियो। 

विष्टसँगै संघको उम्मेदवारी दावेदार शेषकान्त गौतमले एमाले छाडेर झाँक्रीलाई साथ दिने घोषणासँगै गुल्मी २ मा ठूलै हलचल भएको थियो।

तर परिणाममा भने ‘शिष्ट र शालीन’ परिचय बनाएका विष्टकै पक्षमा आयो। 

को हुन् विष्ट?

गुल्मीको इस्मामा जन्मिएका विष्ट २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन्। उनी गुल्मी अनेरास्ववियु अध्यक्ष हुँदै २०५६ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको अध्यक्ष बने। 

२०६५ मा एमालेको केन्द्रिय सदस्य भएका उनी २०७१ मा केन्द्रीय सचिव भए। हाल उनी एमालेकै सचिव रहेका छन्।  

विष्टले कानुन र व्यवस्थापनमा स्नातक गरेका छन्। विष्ट ऊर्जा र श्रम तथा रोजगार मन्त्रीसहित २ पटक मन्त्री भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad