नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा आफ्नो मतान्तर कायम राखेका छन्।
निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणाममा पूर्वप्रधानमन्त्री समेत रहेका ओली २७ हजार ८ सय २६ मतसहित लिड गरिरहेका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले १५ हजार ९० मत प्राप्त गरेका छन्। उनीहरुबीच १२ हजार ७ सय ३६ मतको अन्तर रहेको आयोगले जनाएको छ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यो क्षेत्रमा तेस्रो स्थानमा छन्। स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका शुरेस कुमार पोखरेलले ५ हजार ९ सय ५२ मत प्राप्त गरेका छन्।
24
Shares

प्रतिक्रिया