राजनीति


रामचन्द्र पौडेल १ हजार १३२ मतले अगाडि

रामचन्द्र पौडेल १ हजार १३२ मतले अगाडि

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ४:२०, काठमाडौँ

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनानुसार तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले मतान्तर बढाएका छन्। नेता पौडेलले १ हजार १३२ ले मतान्तर बढाएका हुन्।

जम्मा १८ हजार तीन सय ५३ मतगणना गर्दा कांग्रेसका वरिष्ठ नेता पौडेलले ६ हजार ८०३ मत पाएका छन्। त्यस्तै नेकपा (एमाले) का एकबहादुर रानाले ५ हजार ६७१ मत प्राप्त गरेका छन्।

निर्वाचन क्षेत्र नं १ मा १ लाख २३ हजार ४९० मतदाता रहेकामा ६६ हजार ९६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

तनहुँ–१ प्रदेशसभा (१)को ८ हजार ५२९ मतगणना गर्दा कांग्रेसका अशोककुमार श्रेष्ठले ३ हजार ६१२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका रामबहादुर गुरुङले दुई हजार ४९२ मत प्राप्त गरेका छन्। नेकपा (एकीकृत समाजवादी) का विद्या ढकालले ४४५ मत पाएकी छन्। तनहुँ–१ प्रदेशसभा (१)तर्फ ३६ हजार तीन सय ६५ मत खसेको छ ।

तनहुँ–१ प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानले २ हजार ७२६ मत पाएका छन्। एमालेका पूर्णबहादुर गुरुङले १ हजार ५०२ मत प्राप्त गरेका छन्। गठबन्धनका उम्मेदवारले सुरुआती चरणबाट नै अग्रता कायमै राखेका छन्। तनहुँ–१ मा १ लाख २३ हजार ४९० मतदाता छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad