ad ad

राजनीति


लुम्बिनी प्रदेशसभा : प्रत्यक्ष र समानुपातिक दुवैतर्फ एमालेको अग्रता

कुन प्रदेश क्षेत्रमा कुन दल अगाडि?
लुम्बिनी प्रदेशसभा : प्रत्यक्ष र समानुपातिक दुवैतर्फ एमालेको अग्रता

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १६:३४, काठमाडौँ

लुम्बिनी प्रदेश सभातर्फ नेकपा एमालेले १० स्थानमा अग्रता लिँदै पहिलो बनेको छ। 

२८ वटा प्रदेश निर्वाचन क्षेत्रको सार्वजनिक विवरणमा नेपाली कांग्रेस दोस्रो स्थानमा छ।

कांग्रेसले ७ ठाउँमा अग्रता लिँदा माओवादी ४ ठाउँमा अगाडि छ। जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र राप्रपाले २–२ क्षेत्रमा अग्रता लिएका छन्। 

सीके राउत नेतृत्वको जनमत पार्टीले १ ठाउँमा अग्रता लिँदा स्वतन्त्रले २ ठाउँमा अग्रता लिएका छन्। 

लुम्बिनी प्रदेशमा एमालेको समानुपातिक मत पनि सबैभन्दा बढी रहेको छ। 

एमालेले २७ हजार ३८ ल्याउँदा कांग्रेसले १९ हजार ४४८ मत ल्याएको छ। तेस्रोमा रहेको माओवादीले ९ हजार ५७३ मत ल्याएको छ। राप्रपाले ६ हजार ५७८ मत पाएको छ। 

कुन क्षेत्रमा को अघि?
पाल्पा क्षेत्र नम्बर १ (१) मा एमालेका राजु प्रसाद श्रेष्ठले अग्रता लिएका छन्। श्रेष्ठले ३ हजार ४७६ मत पाउँदा कांग्रेसका श्यामकान्त खनालले १५ सय ५० मत ल्याएका छन्। 

क्षेत्र नम्बर २ (१) मा नेपाली कांग्रेसका वीरबहादुर रानाले अग्रता लिएका छन्। रानाले ४ हजार ८५९ मत ल्याउँदा एमालेका परशुराम भट्टराईले ४ हजार ४३ मत ल्याएका हुन्। 

गुल्मीको क्षेत्र नम्बर २ मा गणना भइरहेको छ। क्षेत्र नम्बर २ (१)मा एमालेका डिल्लीराज भुसालले अग्रता लिएका छन्। 

भुसालले १६ सय ३४ मत पाउँदा कांग्रेसका भुवन प्रसाद श्रेष्ठले १४ सय ९९ मत ल्याएका छन्।  

त्यस्तै २(२) मा भने माओवादीका बुद्धिबहादुर घर्तीले अग्रता लिएका छन्। घर्तीले १४ सय ४१ मत पाउँदा एमालेका दिनेश पन्थीले ११ सय ७९ मत पाएका छन्। 

अर्घखाँची प्रदेश १ मा एमालेका चेत नारायण अचार्य अगाडि छन्। त्यहाँ राष्ट्रिय जनमोर्चाका सागर केसीले ७ हजार ५६ मत ल्याएर पच्छाई रहेका छन्।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका कमप्रसाद भुसालले ७ हजार २४० मत ल्याएका छन्। एमालेका रामजीप्रसाद घिमिरेले ७ हजार १९९ मत पाएका छन्। 

प्युठानमा प्रदेश निर्वाचन क्षेत्र १ मा माओवादीका कृष्णकुमार अधिकारीले अग्रता लिएका छन्। अधिकारीले ७८९ मत पाउँदा एमालेका तुल्सीराम शर्माले ६९८ मत प्राप्त गरेका छन्।  

निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका सरोज थापाले ५३९ मत पाउँदा एमालेका हरिप्रसाद रिजालले ४९० मत पाएका छन्। 

दाङ निर्वाचन क्षेत्र नम्बर १ को ‘१’ मा माओवादीका इन्द्रजीत थारुले २१ सय ७८ मत ल्याएर अगाडि छन्। एमालेका गंगाराम भट्टराईले २१ सय ५९ मत पाएका छन्। 

दाङकै १ को २ मा भने नेपाली कांग्रेसका अनुगार खड्का २५ सय ४६ मत ल्याएर अग्रस्थानमा छन्। एमालेका कुलबहादुर खत्रीले २ हजार ३१ मत पाएका छन्। 

दाङ क्षेत्र नम्बर २ को १ मा नेपाली कांग्रेसका राजु खनालले ४ हजार २९१ मत ल्याई अग्रता लिएका छन्। एमालेका बलीभद्र रानाले ३ हजार ५३३ मत ल्यएका छन्। 

दाङ क्षेत्र नम्बर ३ को १ मा कांग्रेसका डिल्लीबहादुर चौधरीले ४ हजार १४१ मत ल्याउँदै अग्रता लिएका छन्। यहाँ एमालेका घनश्याम पाण्डेले ३ हजार ४२७ मत ल्याएका छन्। 

क्षेत्र नम्बर ३ को २ मा माओवादीका धनबहादुर मास्कीले ५ हजार ४८९ मत ल्याएका छन्। एमालेका हुकुमबहादुर बस्नेतले ५ हजार ७४ मत ल्याएका छन्। 

रुकुम पूर्वको प्रदेश क्षेत्र १ मा स्वतन्त्र उम्मेदवार सुरुल पुनले २२ सय ३६ मत ल्याउँदा माओवादीका तेजबहादुर ओलीले २ हजार ५४ मत ल्याएका छन्। 

रोल्पा प्रदेश १ मा माओवादीका जोखबहादुर महराले ५ हजार ८९० मत पाउँदा एमालेका कमल बहादुर बुढाथोकीले २ हजार २०४ मत ल्याएका छन्। 

प्रदेश क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन मगरले ३ हजार ४९७ मत पाउँदा कांग्रेसका अमरसिंह पुनले २ हजार ८८१ मत ल्याएका छन्। 

रुपन्देही क्षेत्र नम्बर १ को १ मा राप्रपाका आशिक कुमार चौधरीले १३ सय ८० मत ल्याउँदा कांग्रेसका विश्वनाथ यादवले १२ सय ५९ मत ल्याएका छन्।

क्षेत्र नम्बर १ को २ मा एमालेको दधिराम न्यौपानेले ९७७ मत ल्याएका छन् भने अब्दुल रजाक गद्दीले ८२२ मत ल्याएका छन्। 

क्षेत्र नम्बर ३ को १ मा लोसपाका सन्तोषकुमार पाण्डेयले ३ हजार ६७ मत ल्याएका छन्। 

रुपन्देही ४ को क्षेत्र १ मा लोसपाका कन्हैया बानियाँले ९ हजार ८५१ मत ल्याउँदा जनमत पार्टीका जितेन्द्र नाथ शुक्लले ५ हजार ८३८ मत पाएका छन्। 

४ को क्षेत्र नम्बर २ मा कांग्रेसका बसी उद्दीन खाँले अग्रता  लिदै ४ हजार १०७ मत ल्याउँदा जनमत पार्टीका अर्जुनप्रसाद जैसवालले ३ हजार ५९५ मत ल्याएका छन्।

रुपन्देही ५ (१) मा एमालेका भूमिश्वर ढकालले ५ हजार ६६७ मत ल्याउँदा माओवादीका विनोद पाहाडीले ३ हजार ३७० मत ल्याएका छन्। 
कपिलवस्तु क्षेत्र नम्बर २ (१) मा कांग्रेसका विक्रम थापाले ३ हजार ५०८ मत ल्याएका छन्। एमालेका नजराज लामिछानेले ३ हजार २०५ मत ल्याएका छन्। 

बाँके क्षेत्र नम्बर ३ को १ मा एमालेका रत्नबहादुर खत्रीले ८ हजार ५९० मत ल्याउँदा दलबहादुर सुनारले ७ हजार ५३१ मत पाएका छन्। 

बाँके क्षेत्र नम्बर २ को १ मा जसपाका भण्डारी लाल अहिरले ८ हजार ३११ मत ल्याउँदा एमालेका विजय बहादुर यादवले ६ हजार २६९ मत पाएका छन्।

क्षेत्र नं. २ को २ मा जसपाकै आदेश कुमार अग्रवालले ३ हजार २८५ मत पाउँदा कांग्रेसका सुरेन्द्र बहादुर हमालले २ हजार ८५५ मत ल्याएका छन्। 

बाँके क्षेत्र नम्बर ३ को १ मा एमालेका रत्नबहादुर खत्रीले ८ हजार ९२३ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार दल बहादुर सुनारले ७ हजार ७९७ मत ल्याएका छन्। 

बर्दिया क्षेत्र नम्बर १ मा एमालेका सालिकराम अधिकारीले ५ हजार ७७२ मत ल्याउँदा कांग्रेसका भुवनेश्वर चौधरलिे ५ हजार ७७१ मत ल्याएका छन्। 

नवलपरासी पश्चिममा क्षेत्र नम्बर १ को १ मा एमालेका पुष्पप्रसाद उपाध्यायले ३१ सय मत पाउँदा कांग्रेसका विश्व प्रेम पाठकले २९ सय २१ मत पाएका छन्। 

क्षेत्र नम्बर २ को १ मा भने राप्रपाका आशिष प्रधानले अग्रता लिएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .