राजनीति


तनहुँ–१ मा रामचन्द्र पौडेल ९१ मतले अगाडि

तनहुँ–१ मा रामचन्द्र पौडेल ९१ मतले अगाडि

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १३:३, काठमाडौँ

तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन्। जारी मतगणनाको प्रारम्भिक चरणदेखि नै उनले अग्रता कायम राखेका हुन्। 

सात हजार एक सय ७४ मतगणना हुँदा नेता पौडेलले दुई हजार चार सय ३७ मत पाएका छन्। नेकपा एमालेका एकबहादुर रानाले दुई हजार तीन सय ४६, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले आठ सय ९४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले चार सय ४० र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले तीन सय चार मत प्राप्त गरेका छन्। 

यस क्षेत्रमा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा ६६ हजार नौ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ। यो ५४ दशमलव ३६ प्रतिशत हो। तनहुँ–१ प्रतिनिधिसभामा १० जना प्रतिस्पर्धामा छन्। 

तनहुँ–१ को प्रदेशसभा (१) मा कांग्रेसका अशोककुमार श्रेष्ठले सुरुआती चरणबाटै अग्रता कायम राखेका छन्। चार हजार ६ सय मतगणना गर्दा गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले एक हजार नौ सय २४ मत प्राप्त गरेका छन् भने एमालेका रामबहादुर गुरुङले एक हजार दुई सय ३८ मत पाएका छन्। सो क्षेत्रमा ३६ हजार तीन सय ६५ मत खसेको छ। 

प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानले दुई हजार ४० मत पाउनुभएको छ भने एमालेका पूर्णबहादुर गुरुङले एक हजार ५० मत प्राप्त गरेका छन्। गठबन्धनका उम्मेदवारले सुरुआती चरणबाट नै अग्रता कायमै राखेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad