ad ad

राजनीति


सल्यान : प्रतिनिधि र प्रदेशसभाका सबै सिटमा गठबन्धन अगाडि

सल्यान : प्रतिनिधि र प्रदेशसभाका सबै सिटमा गठबन्धन अगाडि

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १०:२५, सुर्खेत

जारी मतगणना अनुसार सल्यानमा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रमा सत्ता गठबन्धनले अग्रता लिएको छ। 

१ प्रतिनिधि सभा र २ प्रदेशसभा रहेको सल्यानमा सत्ता गठबन्धनले अग्रता लिएको छ।

प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले ८ हजार नौ सय ७ मत प्राप्त गरी फराकिलो मतान्तरमा हुँदा ज्वालाका प्रतिस्पर्धी स्वतन्त्रका राजेन्द्रबहादुर शाहले ४ हजार १ सय २८ मत प्राप्त गरेका छन्।

यहाँ एमाले तेस्रो स्थानमा देखा परेको छ। एमालेका राजेन्द्रवीर रायले २ हजार ४ सय २८ प्राप्त गरेका छन्। 

यस्तै प्रदेशसभा (क) र (ख) पनि गठवन्धन अगाडि देखिएको छ। प्रदेश (क) मा माओवादीका भिमप्रकाश शर्माले ४ हजार ३ सय ६९ मत प्राप्त गर्दा एमालेका कुलबहादुर गिरीले २ हजार २ सय ५ मत प्राप्त गरेका छन्। 

प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका सुरेश अधिकारिले ३ हजार ५ सय ७० मत प्राप्त गरी अगाडि रहदा एमालेका गुलाबजंग शाहले ३ हजार ४ सय ४४ मत प्राप्त प्रापत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .