ad ad

राजनीति


प्रारम्भिक नतिजामा एमालेका पाँचजना पदाधिकारी पछि परे

प्रारम्भिक नतिजामा एमालेका पाँचजना पदाधिकारी पछि परे

फाइल


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १७:२९, काठमाडौँ

प्रतिनिधिसभाको सुरुवाती परिणाम आइरहँदा नेकपा एमालेका पाँचजना पदाधिकारीहरु पछि परेका छन्। 

प्रारम्भिक मतगणनामा एमालेका ५ पदाधिकारीले आफ्नो पक्षमा नतिजा ल्याउन नसकेको देखिएको छ।

पछिल्लो परिणामअनुसार काठमाडौं क्षेत्र नम्बर ५ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नेपाली कांग्रेसका प्रदीप पौडेलले पछि पारेका छन्।

पछिल्लो परिणाम अनुसार त्यहाँ १९०३ गन्दा ५१६ मतसहित पौडेल अगाडि छन्। त्यहाँ पोखरेलले ४३३ मतसहित पछ्याइरहेका छन्। 

त्यसैगरी एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि रूपन्देही क्षेत्र नम्बर २ मा पछि परेका छन्। उनलाई त्यहाँ कुल ३०० मत गन्दा त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछि पारेका छन्।

पौडेलले १२६ मतसहित पहिलो स्थानमा रहँदा एमालेका पौडेल ८६ मतसहित दोस्रो स्थानमा छन्। 

त्यस्तै यहाँ सत्ता गठबन्धनले सघाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशब बहादुर थापा ७८ मतसहित तेस्रो स्थानमा छन्।

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि पछि परेका छन्। 

पूर्वसभामुख समेत रहेका उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले सुरुबाटै पछि पारेका हु्न्। 

६६८ मत गणना हुँदा खड्काले ४३२ मत ल्याएका छन् भने नेम्वाङले २७६ मत पाएका छन्।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत र जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले तीन मत पाएका छन्। 
 
उता दाङ क्षेत्र नम्बर २ मा पनि एमाले महासचिव शंकर पोखरेल पछि परेका छन्। 

त्यहाँ उनी ६ सय ४ मतान्तरले पछाडि परेका छन्। दाङ २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले १ हजार ४ सय ५० मत पाएकी छन्। यता एमाले महासचिव पोखरेलले ८ सय ४६ मत प्राप्त भएको छ। 

उता चितवन क्षेत्र नम्बर १ मा अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे पछि परेका छन्। 

त्यहाँ कांग्रेसका विश्व पौडेलले चितवन–१ मा अग्रता बनाएका छन्। ५०० मत गणना गर्दा पौडेलले २०१ मतसहित अग्रता लिएका हुन्।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पछ्याइरहेका छन्। ढकालले १३९ मत पाएका छन्। एमालेका सुरेन्द्र पाण्डेले १२९ मत पाएर तेस्रोमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .