राजनीति


चेपाङ समुदायको वाहुल्य क्षेत्रमा झोरालाङ गाउँपालिका बनाउन माग

चेपाङ समुदायको वाहुल्य क्षेत्रमा झोरालाङ गाउँपालिका बनाउन माग

सुनिता विष्ट
बैशाख १६, २०८३ बुधबार १७:५०, हेटौंडा

चेपाङ समुदायको बाहुल्य रहेको क्षेत्रलाई समेटेर झोरालाल गाउँपालिका गठन गर्नुपर्ने माग गरिएको छ। 

बुधबार नेपाल चेपाङ संघ केन्द्रीय कमिटीले चितवन जिल्लाका पनि केही वडा समेटेर झोरालाङ गाउँपालिका बनाउन प्रस्तावसहित बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो। संघका अध्यक्ष गोविन्दराम चेपाङले बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई मागपत्र बुझाएका छन्। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सन्दर्भ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहको संख्या, सिमाना हेरफेर तथा नामकरण गर्न सकिने व्यवस्थालाई आधार बनाउँदै नयाँ गाउँपालिका गठनको माग गरिएको छ। 

प्रस्तावित झोरालाङ गाउँपालिका चेपाङ समुदायको बसोबास क्षेत्रलाई समेट्ने गरी निर्माण गर्नुपर्ने संघको माग छ। साथै, नेपालको संविधान २०७२ को धारा ५६ उपधारा ५ अनुसार चेपाङ समुदाय बसोबास गर्ने क्षेत्रलाई ‘चेपाङ संरक्षित क्षेत्र’ घोषणा गर्नुपर्ने पनि उनीहरूले माग गरेका छन्। 

मागपत्र बुझ्दै मुख्यमन्त्री बानियाँले यसलाई मन्त्रिपरिषद् बैठकमा पेश गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा बागमतीका पूर्वमन्त्री सन्त चेपाङ, नेपाल चेपाङ संघका महासचिव सन्तबहादुर चेपाङ, बागमती प्रदेश अध्यक्ष खुशीलाल चेपाङ, मकवानपुर जिल्ला अध्यक्ष महेश चेपाङलगायत उपस्थिति रहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad