राजनीति


बालेन रास्वपामा मिल्ने भएपछि काठमाडौँको भावी मेयरमा रविका दाइले 'उम्मेदवारी दिने'

बालेन रास्वपामा मिल्ने भएपछि काठमाडौँको भावी मेयरमा रविका दाइले 'उम्मेदवारी दिने'

नेपालखबर
पुस १३, २०८२ आइतबार ८:३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी प्रतिनिधि सभा निर्वाचन लड्ने सहमति गरेपछि यस पार्टीका सभापति रवि लामिछानेका दाइ हरिशरण लामिछानेले काठमाडौँको भावी मेयर पदमा आफ्नो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रबल सम्भावना रहेको बताएका छन्। 

रास्वपा सभापति रवि र मेयर बालेनबीच आइतबार बिहान एकता गर्ने सहमति भएको हो। उनीहरूले हस्ताक्षर गरेको सहमति पत्रमा दुई पक्षबीच एकतापछि राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी तथा सभापति पनि लामिछाने नै रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारचाहिँ बालेन बन्ने उल्लेख छ।

यसप्रति खुसी व्यक्त गर्दै रविका दाजु हरिशरणले फेसबुकमा लेखेका छन्, 'दुई भाइको सम्झौताप्रति सम्मान र खुसी व्यक्त गर्दै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा मेरो 'स्वतन्त्र उम्मेदवारी' रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad