राजनीति


बालेनप्रति हर्क सामपाङको व्यंग्य: जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ!

‘सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे’
बालेनप्रति हर्क सामपाङको व्यंग्य: जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ!

फाइल तस्बिर


नेपालखबर
पुस १३, २०८२ आइतबार ८:१६, काठमाडौँ

धरान उपमहानगरका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको सहमतिको विरोध गरेका छन्। 

आइतबार बिहान आधा घण्टाको बीचमा फेसबुकमा दुईवटा स्टाटस लेख्दै उनले रवि र बालेनबीच आजा बिहान भएको सहमतिको बिरोध गरेका हुन्। 

‘हाहा...जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ,’ बालेनप्रति लक्षित गर्दै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फटाहाहरू... सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे!’

अर्को स्टाटसमा उनले रवि र बालेनको सहमतिलाई फेक भन्दै मिडिया ट्रायल रोक्न भनेका छन्। 

‘हामी नेपाली जनता ३ करोड नेपाली जनतासँग मात्रै मिल्छौँ! अरु विदेशी दलाली गरेर आउने कुनै पनि पार्टीहरूसँग मिल्दैनौँ। स्टप फेक मिडिया ट्रायल!’ साम्पाङले लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad