ad ad

राजनीति


दुई महिनापछि आज बस्दै बागमती प्रदेश सभाको बैठक

दुई महिनापछि आज बस्दै बागमती प्रदेश सभाको बैठक

फाइल तस्बिर


नेपालखबर
भदौ १८, २०८० सोमबार ९:४३, हेटौँडा

बागमती प्रदेश सभाको बैठक आज बस्दै छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट गत असार २१ गते पारित गरेसँगै अर्को सूचना नभएसम्मका लागि स्थागित गरिएको बैठक आज (सोमबार) बस्न लागेको हो। 

लामो समयसम्म स्थगित भएको प्रदेश सभा बैठक ६० औं दिनमा आजको लागि आव्हान गरिएको प्रदेश सभा सचिव कृष्णहरि खड्काले जानकारी दिए। 

उनका अनुसार दिउँसो १ः३० बजेका लागि बैठक डाकिएको छ। बिजनेसबिहीन अवस्थामा रहेको प्रदेश सभाको बैठक प्रमुख विपक्षी दल लगायत प्रदेश सभाका सदस्यको मागपछि बस्न लागेको हो। 

बागमती प्रदेश सभामा तीनवटा विधेयक दर्ता भएका छन्। प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा तीनवटा विधेयक दर्ता गराएको छ। लामो समयसम्म बिजनेसविहीन भएको प्रदेश सभामा ऐन संशोधनका लागि नयाँ विधेयक दर्ता गरिएका हुन्।

प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएका छन्।

गत वर्ष असोजमा ल्याइएको प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएकोमा उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक निष्क्रिय भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .