ad ad

राजनीति


बागमती प्रदेश सभाको बैठक आइतबार बस्ने

बागमती प्रदेश सभाको बैठक आइतबार बस्ने

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०७९ बिहिबार १२:५३, हेटौँडा

बागमती प्रदेश सभाको बैठक २२ गते आइतबार बस्ने भएको छ।

आइतबार २ बजेको लागि बैठक आब्हान भएको प्रदेश सभा सचिव कृष्णहरि खड्काले बताए।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएदेखि सदन चल्न सकेको थिएन।

‘सरकारले सदनलाई विजनेश दिन नसक्दा सदन चल्न नसकेको हो', सचिव खड्काले नेपालखबरसँग भने।

बागमती प्रदेश सभामा ७ राजनीतिक दलबाट ११० सदस्य रहेका छन्।

जसमध्ये कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .