माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पनि नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनमा मिसिएको छ।
पुष्पकमल दाहल प्रचण्ड नेतृत्वको संघीय सरकारलाई विश्वासको मत दिने कुरामा अनिर्णित रहेको समाजवादी बागमती प्रदेशमा भने सत्ता पक्षमा मिसिएको हो।
बागमतीमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेले मुख्यमन्त्रीमा दाबी गर्दा समाजवादीका सातजना सांसदले समर्थन गरेका छन्।
जम्मकट्टेललाई एमालेका २७, माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पर्टीका २ जना सांसदले समर्थन गरेका छन्।
केन्द्रमा पनि समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्न सक्ने सम्भावना छ।
207
Shares
प्रतिक्रिया