ad ad

कारोबार


बैंक तथा वित्तीय संस्था परिसंघ नेपालमा नयाँ कार्यसमिति चयन

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालमा नयाँ कार्यसमिति चयन

नेपालखबर
पुस २५, २०७९ सोमबार १४:३८, काठमाडौँ

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको नयाँ कार्यसमितिको चयन भएको छ।

उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार : दिगो बैंकिङ – उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार भन्ने मूल नारासाथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको हो।

उक्त साधारणसभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको हो। 
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले सर्वसम्मत चयन भएको देहायको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको घोषणा गरेका हुन्।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष्य पवनकुमार गोल्यान ,वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह,उपाध्यक्षमा राजेश उपाध्याय, राजनसिंह भण्डारी  महासचिव, तुल्सीराम अग्रवाल कोषाध्यक्ष,कुश प्रसाद मल्ली सचिव ,प्रचण्ड बहादुर श्रेष्ठ सह कोषाध्यक्ष चयन भएका हुन्।

सदस्यहरुमा  उपेन्द्र केशरी न्यौपाने, उपेन्द्र प्रसाद पौडेल ,लिला प्रकाश सिटौला, मोतिलाल दुगर, राधेश पन्त, महेन्द्र कुमार गोयल, भरतराज ढकाल, हिरेन्द्र मान प्रधान चयन भएका छन्। 

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष पवनकुमार गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाइमा पुर्‍याउँदै, मूलतः बैंकिङ क्षेत्रको साझा संस्थाको रुपमा विस्तार गर्ने र बैंकिङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने अभिन्न सहयोगी संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकायहरु र सरोकारावाला संस्थाहरुसँग निरन्तर सहकार्य गर्दै तिव्र आर्थिक गतिविधिमार्फत राष्ट्रको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुने बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको प्रमुख आतिथ्यतामा राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा समुद्घाटन गरिएको उक्त साधारण सभाको बन्द सत्र नयाँ वानेश्वरस्थित द एभरेष्ट होटलमा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .