ad ad

राजनीति


दुई वर्षभित्र सबै मालपोत डिजिटलाइज्ड हुन्छः प्रधानमन्त्री ओली

दुई वर्षभित्र सबै मालपोत डिजिटलाइज्ड हुन्छः प्रधानमन्त्री ओली

नेपालखबर
असार ४, २०७६ बुधबार ८:४,

प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन सुरु गरिएको बताएका छन्। कलंकीमा आज नमूना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताए।

“अब मालापोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो,छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ”, प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले अबको दुई वर्षभित्र देशका सबै मालपोत कार्यलयका ढड्डाहरु, पुराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने बताए।

प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने,उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुने बताए।

“नेपाललाई आधुनिक दिशातर्फ अघि बढाउनका लागि प्रविधिको ठुलो भूमिका छ”, प्रधानमन्त्री ओलीले भने, “हाम्रो नयाँ राष्ट्रिय गन्तव्य समृद्ध नेपाल,सुखी नेपालीको प्राप्तीका लागि प्रविधिमैत्री भएर काम गर्नुपर्दछ ।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .