राजनीति


प्रधानमन्त्रीले भनेः वाक् स्वतन्त्रता छ भन्दैमा मनपरी बोल्न पाइँदैन

प्रधानमन्त्रीले भनेः वाक् स्वतन्त्रता छ भन्दैमा मनपरी बोल्न पाइँदैन

नेपालखबर
असोज १३, २०७६ सोमबार ८:२१,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा वाक् स्वतन्त्रता रहेको र त्यसको प्रयोगमा कुनै बन्देज नभएको बताएका छन्।

सोमबार ललितपरको सैँबु आवास क्षेत्र भैँसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र निवासको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले वाक् स्वतन्त्रताका नाममा मनपरी बोल्दै हिँड्ने छुट भने कसैलाई पनि नभएको बताए।

‘नेपालमा वाक स्वतन्त्रताको हक छ, त्यसको प्रयोग गर्न पाइन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘स्वस्थ ढंगले आलोचना गर्नु एउटा कुरा हो तर नन इस्युलाई इस्यु बनाएर जसरी पनि विरोध गर्ने सिलसिला चलेको छ। यी सिलसिला चलिरहन्छन्, सरकार आफ्ना उद्देश्यमा अडिग रहन्छ।’

प्रधानमन्त्री ओलीले जनतामा भ्रम र निराशा फैलाउन खोजिएको आरोप समेत लगाए। उनले भने, ‘केही पनि भएन भनेर जनतामा निराशा फैलाउन खोजिएको छ। सरकारले राम्रो काम गरिरहेछ, प्रचार नराम्रो भनेर भइरहेको छ।’ उनले गलत हल्ला फिँजाउने काम बेठिक भएको बताए।

 प्रधानमन्त्री ओलीले फरक प्रसंगमा सरकारले नेपाललाई भिखारीमुक्त देश बनाउन लागेको भन्दै सडकमा कोही दुःख पाएको देखे सरकारलाई खबर गर्न आग्रह गरे।

सरकारले आवास नपाएर बेसाहारा र बेबारिसे अवस्थामा कसैलाई बस्न नदिने भन्दै त्यसको व्यवस्थापनको काम अगाडि बढाएको दावी गरे। ‘नेपाललाई भिखमंगा मुक्त देश बनउँछौं, सडक मानव मुक्त बनाउँछौं। दुःख पाएर, बेसाहारा भएर सडकमा कोही देखिनुपर्र्दैन’ प्रधानमन्त्रीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad