राजनीति


चीनको जस्तो शासन नेपालको संविधानको बर्खिलाप छः खाँड

चीनको जस्तो शासन नेपालको संविधानको बर्खिलाप छः खाँड

नेपालखबर
असोज १३, २०७६ सोमबार ६:५३,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले नेकपाले चीनको जस्तो शासन ल्याउने तयारी गरिरहेको आरोप लगाएका छन्।

नेपाल प्रेस युनियन धनुषाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख सचेतक खाँणले नेपालको संविधानले चीनको जस्तो शासन व्यवस्थाको कल्पनानै नगरेको बताए।

‘नेकपाको सरकारले छिमेकी राष्ट्र चीनको जस्तो शासन ल्याउन खोज्नु नेपालको संविधानको बर्खिलाप हो’, उनले भने, ‘नेपालको राज्य प्रणालीमा चीनको शासनशैली आत्मसात गर्न खोज्ने क्रियाकलापप्रति कांग्रेसको आपत्ति छ।’ नेता खाँडले नेकपा र सरकारका क्रियाकलापले लोकतन्त्र र संविधानमाथि नै प्रहार गरेको भन्दै लोकतन्त्र र संविधानबाहिर नजान चेतावनी दिए।

नेता खाँणले सरकार संधीय लोकतान्त्रिक पद्धतिलाई सबल बनाउने सन्दर्भमा उदासीन रहेको आरोप समेत लगााएका छन्।

नेता खाँडले सरकारको नेतृत्वकर्ताको शैली जंगबहादुर राणा र ज्ञानेन्द्र शाहभन्दा पृथक नरहेको टिप्पणी गर्दै सरकारद्वारा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नु निन्दनीय भएको बताए।

उनले सरकार जनताको पक्षभन्दा पनि केन्द्रमुखी भएको आरोप लगाउँदै दुई तिहाइको सरकार भए पनि आम जनताको रक्षा, विकास र शासन व्यवस्था अन्योल अवस्थामा रहेको दावी गरे।

उनले संघीय लोकतन्त्रको आधारशीलामा बनेको सरकारले संविधान प्रतिकूल हुने विधेयक संसद्मा प्रस्तुत गरी स्वतन्त्र प्रेस, मानवाधिकार, सुरक्षा परिषद्, नागरिकको सम्पत्तिमाथिको अधिकार हनन हुने कुचेष्टा गरिरहेको आरोप लगाए। काङग्रेस संविधानको प्रतिकूल हुने कुनै पनि विधेयक कांग्रेसले अगाडि बढ्न दिँदैन भन्दै उनले भने, ‘सरकारले एकल किसिमले सञ्चालन गर्न ऐन कानूनमा छिद्र पार्न खोज्नु देशका लागि घातक हो।’
संविधानको स्वामित्व ग्रहण हुने गरी संविधान परिमार्जन हुनै पर्दछ भन्दै उनले मधेशवासीलगायत अन्य समुदायले पनि हामी सबैको संविधान हो भन्ने स्वामित्व लिने किसिमले परिमार्जन हुनुपर्ने धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad